रोजगार आवेदन
- रोजगारका लागि आवेदकको योग्यता
-
- १८ वर्ष पुरा गरि ४० बर्ष ननाघेको व्यक्ति
- कोरियन भाषा परीक्षा पास गरेका व्यक्ति
- गणतन्त्र कोरिया सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षणमा सफल भएको व्यक्ति
- अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति
- विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति* रोजगार आवेदकले आवदन दिनु भन्दा अगावै पासपोर्ट बनाएको हुनुपर्छ
- रोजगार आवेदन प्रक्रिया
-
- गणतन्त्र कोरिया सरकारले निर्धारण गरेको आवेदन फाराम भरेर सम्वन्धित निकायमा पेश गर्ने
- रोजगार आवेदनगर्ने अवधि
-
- कोरियन भाषा परीक्षा पासगरेको प्रमाण पत्रको बहाल अवधि (२वर्ष) भित्र सम्वन्धित मुलुकको तोकिएको निकायमा आवश्यक कागजात सहित पेश गर्ने
- कोरियन भाषा परीक्षा पासगरेको प्रमाण पत्रको म्याद (२वर्ष) नाघेको खण्डमा पूनः कोरीयन भाषा परीक्षामा सामेलभई सो परीक्षा पास गर्नु पर्ने छ
- रोजगार आवेदन बहाल रहने अवधि : प्रमाणित गरेको मितिले १ वर्ष सम्म हुनेछ। तर कोरियन भाषा परीक्षाको नतिजा बहाल अवधि भित्र आवेदन दर्ता गरि रोजगारीको अवसर प्राप्त नभएर १ वर्षको बहाल अवधि समाप्त भएपनि पूनः रोजगार आवेदन गर्न सकिनेछ ।
- ध्यान दिनु पर्ने कुराहरु
-
- आवेद रोजगार अनुमति प्रणाली भनेको रोजगार दाताले कामदार सूचिबाट आवश्यक कामदार छनौट गर्ने प्रक्रिया भएकोले रोष्टरमा रहंदैमा १००% रोजगारको ग्यारेण्टी भने हुने छैन ।