गणतन्त्र कोरिया प्रवेश
- सर्टिफिकेट अफ भिषा कन्फरमेशन (CCVI)
- गणतन्त्र कोरियाका रोजगार दाता संग रोजगार सम्झौता सम्पन्न गरेका प्रवासी मजदुरका सम्वन्धमा भिषा कन्फरमेसनका लागि आबेदन दिएर गणतन्त्र कोरिया कानुन मन्त्रालयबाट जांचबुझ पश्चात भिषा कन्फरमेशन उपलव्द गराईनेछ ।
- गणतन्त्र कोरिया प्रवेश मिति निर्धारण
- सर्टिफिकेट अफ भिषा कन्फरमेशन प्राप्त गरेका प्रवासी मजदुरको सम्वन्धमा एच. आर.डि कोरियाले निर्धारण गरेको प्रवेश मितिमा हवाई टिकट मिलाएर प्रश्थानका लागि तयारी गर्ने ।
- गणतन्त्र कोरिया प्रवेश मिति निर्धारण गरिसकेका प्रवासी मजदुरले प्रश्थान पूर्व गणतन्त्र कोरिया रोजगार दाता संग सम्पन्न गरेका रोजगार सम्झौता पत्र र स्वास्थ्य प्रमाण पत्र आदि तयारी गर्ने ।
- गणतन्त्र कोरिया प्रवेश र रोजगार प्रशिक्षण
- गणतन्त्र कोरिया प्रवेशको समयमा सम्वन्धित मलुकको ईपिएस कार्यालयले प्रदान गरेको युनिफम र नेम ट्याग लगाएर कोरिया प्रवेश गर्नु पर्नेछ ।
- एच. आर.डि कोरियाले निर्धारण गरेको मितिमा प्रवेश गरेका प्रवासी मजदुरले एच. आर.डि कोरियाको सुझाब अनुसार आगमन प्रक्रिया पुरा गरेर रोजगार प्रशिक्षण केन्द्रमा जानेछन।
- प्रवासी मजदुरले गणतन्त्र कोरियामा प्रवेश गरे पश्चात २० घण्टा (२ रात ३ दिन) रोजगार प्रशिक्षण तालिममा समावेश हुने छन् ।